काबुल : जब उडिरहेकाे विमानबाट मानिस खसे

admin

एजेन्सी : याे अफगानिस्तानकाे राजधानी काबुलकाे विमानस्थलकाे दृश्य हाे । जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् ।

यस भिडिओमा अमेरिकि वायु सेनाकाे सी–१७ए विमान देखिइरहेकाे छ । र रनवेमा विमानसँगै दाैडिरहेका अफगान नागरिक देखिइरहेका छन् । यीमध्ये की यही विमानमा झुन्डिरहे र विमानले उडान भर्‍याे । पछि केही व्यक्ति यही विमानबाट तल खसेकाे पनि देखियाे ।

साेमवार काबुल विमानस्थलमा भागदाैडकाे अवस्था देखियाे । मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएकाे देखियाे । पछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियाे । विमानस्थलमा गाेली पनि चलेकाे थियाे, घटनामा केही व्यक्तिकाे ज्यान गएकाे खबर पनि आइरहेकाे छ ।

प्रतिक्रिया