अफगानिस्तानबाट एक सय ६४ नेपाली स्वदेश फर्किए

admin

काठमाडौं, १ भाद्र : २० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् ।तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगैं दुई अफगानी नागरिक पनि नेपाल आएको रेकर्डमा देखाएको बताए ।आइतबार राजधानी काबुल पनि तालिवानले पूर्णरुपमा नियन्त्रणमा लिएसँगैं थप नेपाली कामदारको उद्धार सुरु भएको छ ।

काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले सोमबार कतारको राजधानी दोहा पुर्याएको छ । आइतबार ५० जना दोहा पुर्याएकोमा सोमबार अपरान्ह तीन सय ३५ जनालाई उद्धार गरिएको छ । उनीहरुमध्ये केहीमंगलबार स्वदेश आइपुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू