थप ३२ सय ७४ जनामा काेराेना संक्रमण, २७ जनाकाे मृ त्यु

admin

काठमाडौं, १ भाद्र : पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जना र ६ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृ त्यु भएको छ भने १ हजार ९ सय २९ जना निको भएका छन् ।

प्रतिक्रिया