सबै नागरिकको उद्धार भएपछि मात्रै अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्किने

admin

काठमाडौं, ३ भाद्र : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नभएसम्म अमेरिकी सैनिक अफगानिस्तानमा रहने बताएका छन् । एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले तोकिएको मितिभन्दा अगाडि आफ्ना नागरिकलाई उद्धार गर्न नसके त्योभन्दा पछिसम्म पनि अमेरिकी सेना अफगानिस्तानमा रहने बताएका हुन् ।

अफगानिस्तानमा अहिले पनि १० हजारदेखि १५ हजार अमेरिकी रहेको अनुमान छ । अमेरिकाले यसअघि अगस्ट ३१ तारिखसम्ममा अमेरिकी सेना फर्काइसक्ने घोषणा गरेको थियो । तर यो अवधिसम्म सबै नागरिकलाई फर्काउन नसके थप समय आफ्ना सेना अफगानिस्तानमा रहने बाइडेनले बताएका हुन् ।

प्रतिक्रिया