अहिले र पहिलेको अध्यादेशमा आकाश-जमिन फरक छ : दाहाल

admin

काठमाडौं, ३ भाद्र : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन् । बिहीबार समाजवादी केन्द्रले गरेको कार्यक्रममा दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र मास्ने हिसाबले अध्यादेश ल्याएको आरोप लगाउँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश भने लोकतन्त्र बचाउनका लागि आएको जिकिर गरेका छन् ।

ओली सरकारले दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेशलाई एउटै हिसाबले बुझ्न नहुने दाहालको भनाइ छ । पहिलेको र अहिलेको अध्यादेशमा आकाश-जमिनको फरक रहेको दाहालको जिकिर छ ।

कार्यक्रममा उनले माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दर्ता भएर कानुनी मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । बिहीबार बिहान माधव नेपालसँग भएको छलफलमा पनि दलको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको दाहालको भनाइ छ ।

प्रतिक्रिया