थप तीन हजार ७५ जनामा संक्रमण पुष्टि, ३३ जनाको ज्यान गयो

admin

काठमाडौं, ३ भाद्र : बिहीबार नेपालमा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १८ दशमलव ७० प्रतिशतमा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख २० हजार ६ सय पाँच पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप दुई हजार एक सय २६ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार दुई सय ९९ पुगेको छ ।

यही अवधिमा थप ३३ जना संक्रमितको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार चार सय २९ पुगेको छ । अहिले ४० हजार पाँच सय जना सक्रिय संक्रमित रहेकामा सात सय ३९ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया