खोलाले बगाउँदा एक जना बेपत्ता

admin

काठमाडौं, ४ भाद्र : दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन । दाङको शान्तिनगर गाउँपालिका-४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजाे बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएकाे छ। बेपत्ता बमबहादुरको खोजी भइरहेको प्र हरीले जनाएको छ ।

प्रतिक्रिया