आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ४ भाद्र : शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भएको बताएको छ । यसैगरी शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी शुक्रबार ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १८० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया