काठमाडौं, ४ भाद्र : हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै गायिका एलिना चौहानको तीज गीत भिडियो सार्वजनिक गरिएको छ । तीज आयो बोलको गीतमा शब्द इन्दु दनुवारको र संगीत बिकाश चौधरीको रहेको छ ।
कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा इन्दु दनुवार, बिष्णु थामी र प्रकाश क्षेत्रि फिचर्ड छन् । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन रहेको छ । प्रतिभा चाम्लिंगले कोरियोग्राफी गरेको भिडियो गायिका एलिना चौहानको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।