झापा ४ भाद्र : व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको आरोपमा झापास्थित बिर्तामोडबाट युट्युबर प क्राउ परेका छन् । इलाका प्र हरी कार्यालय, अनारमनीले उनीहरूलाई प क्राउ गरेको हो ।
प क्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र नाम नखुलेका एकजना रहेका छन् । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका बेला कोठामा प्रवेश गरी बिनाअनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्र हरीले उनीहरूलाई प क्राउ गरेको हो ।
प क्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुने इलाका प्र हरी कार्यालयका प्रमुख, डीएसपी सन्तोस आचार्यले जानकारी दिए । १ भदौमा भएको घ टनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत गोपनीयता हनन् भएको भन्दै पीडितले दिएको सुचनाका आधारमा युट्युबर प्र क्राउ गरिएको प्र हरीले जनाएको छ ।
युट्युबरले आफूहरूको व्यक्तिगत कुरा बाहिर ल्याएको भन्दै भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । घ टनामा संलग्न थप केही युट्युबरको खोजी भइरहेको झापा प्र हरीले जनाएको छ ।