कलाकार शम्भुराज थापा ‘बखते’को निधन

admin

काठमाडौं, ५ भाद्र : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । ललितपुरको पाटनस्थित पाटन अस्पतालमा उपचारको क्रममा उनको शनिबार बिहान साढे ४ बजे ६४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

कोरोना भाइरसबाट सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो। शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गर्दै आएका थिए ।

प्रतिक्रिया