प्रचण्डको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

admin

काठमाडौं, ५ भाद्र : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारदेखि रुघा, खोकी र ज्वरो आएपछि आराम गरिरहेका प्रचण्डको चिकित्सकको सल्लाहमा कोरोना परीक्षण गरिएको हो ।

परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनको स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।सामाजिक सञ्जाल गंगाले भनेकी छिन्, ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ।

अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवश्था सामान्य रहेको छ।’

 

प्रतिक्रिया