आज सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ६ भाद्र : साताको पहिलो दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ । सुन तोलामा आइतबार तीन सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँ सस्तो भएको छ । आइतबार सुनको मूल्य तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

(अस्ति) शुक्रबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र चाँदी एक हजार १९५ रुपैयाँ कारोबार भएको थियो । यस्तै आइतबार यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी चाँदी तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया