कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने धेरै, थप २४ जनाको ज्यान गयो

admin

काठमाडौं, ६ भाद्र : आइतबार कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढी भएको छ । लामो समयपछि (हिजो) शनिबार निको हुनेको संख्या बढी भएकोमा आइतबार पनि निको हुनेको संख्या बढी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा दुई हजार दुई सय ४८ जना संक्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार एक सय ७३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार नौ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नौ हजार चार सय ४३ जनाको पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन गरी १२ हजार पाँच सय १६ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय २० जनामा कोरोना संक्रमण पुष्टि हो । बितेको २४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये १५ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार पाँच सय नौ पुगेको छ । अहिले नेपालमा ३८ हजार सात सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया