अफगानिस्तान अवस्थाको फाइदा रुस, चीन र इरानले उठाउनेछन् : पूर्वप्रधानमन्त्री टोनी

admin

एजेन्सी, ६ भाद्र : अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीलाई लिएर बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले कडा आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्री ब्लेयरले यसलाई गैरजिम्मेवार कदम भएको बताएका छन् । उनले गठबन्धन सेनाको फिर्तीबाट जिहादी (अत्यधिक प्रयास गर्न खोज्ने) गुटको हिम्मत बढ्ने बताए ।

यसको रुस, चीन र इरानले फाइदा उठाउने उनको भनाइ छ । टोनी ब्लेयरले गठबन्धन सेनाको फिर्तीलाई अफसोसजनक, खतरनाक र अनावश्यक बताएका छन् । बीस वर्षअघि जब टोनी ब्लेयरको प्रधानमन्त्रीकालमा नै बेलायतले अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि काबुलबाट सेना फिर्ता बोलाउने बाइडेन प्रशासनको निर्णयको आलोचना गरेका छन् । अलबामाको एक र्‍यालीमा पूर्वराष्ट्रपति ट्रम्पले यस कदमलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक हार’ को संज्ञा दिएका थिए । तर ट्रम्पले राष्ट्रपति पदमा रहँदा तालिबानसँग सम्झौता गरेका थिए जसको नतिजा अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको निर्णय हो ।

प्रतिक्रिया