आज सामान्य बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ७ भाद्र : सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा सोमबार ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजाबी सुनको मूल्य समेत तोलामा २०० रुपैयाँले नै बढेर ९० हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया