नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

admin

काठमाडौं, ७ भाद्र : नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सोमबार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई सेकेन्ड टिचरका प्रतिनिधिले संयुक्त रुपमा उक्त जर्सी सार्वजनिक गरेका हुन् । यसै अवसरमा आज डिजाइनर विजेता पनि घोषणा गरिएको छ।

क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । जसमा ५०० जर्सीको नमूनाहरु मध्ये बाट श्री आदर्श पोखरेलको डिजाइन चयन गरीएको हो । उनी जर्सी डिजाइन प्रतियोगिताका विजेता समेत घोषित भएका छन्।

प्रतिक्रिया