पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढ्याे

admin

काठमाडौं, ७ भाद्र : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएकाे हाे ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । जसअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँले बढेर १ हजार ४५० पुगेकाे छ ।

हवाई इन्धनकाे ८६ रुपैयाँ ताेकिएकाे छ । यसअघि निगमले असार ३० गते पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे थियाे ।

प्रतिक्रिया