लगातारजसो घटेको सुनचाँदीको मूल्य फेरि बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ८ भाद्र : केही दिनअघि लगातारजसो घटेको सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ५०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी मंगलबार १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया