प्रियंका भुजेलको ह’त्यामा संलग्न दुई जना सार्वजनिक

admin

सर्लाही, ८ भाद्र : सर्लाहीको लालबन्दी नगरपालिका-१७ रानीगंज घर भएकी १४ वर्षीया किशोरी प्रियंका भुजेलको ह’त्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १४ वर्षीया किशोरीलाई ब’ला’त्कारपछि ह’त्या गर्ने स्थानीयवासी १९ वर्षीय कृष्ण साह र १९ वर्षीय अनिश दाहाललाई प्रहरीले सार्वजनिक गरेको हो ।

दाहाल र साहले गएको साउन ३१ गते राति कालिञ्जोर खोलामा किशोरीलाई सामूहिक ब’ला’त्कार गरी ह’त्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए । ह’त्यामा संलग्न दुवैसँग प्रहरीले गराएको बयानमा भुजेललाई साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको स्वीकार गर्दै आफूहरूले किशोरीलाई लिएर भागेको र घर जान नमानेपछि ह’त्या गरेको बताएका छन् ।

घरबाट भागेर जङ्गलमा पुगेका युवाले किशोरीलाई घाँटी थिची ह’त्या गरेको स्वीकार गरेका छन् । ह’त्यापछि उनीहरूले किशोरीको श’व खोलाको बगरमा पुरेका थिए । साउन ३१ गते राति साढे ११ बजेदेखि घरबाटै हराएकी किशोरीको श’व भदौ १ गते राति लालबन्दी ६ कालिञ्जोर खोलाको बगरमा गाडेर राखेको अवस्थामा फेला परेको थियो ।

किशोरीका बाबु राजेश भुजेलले साउन ३२ गते छोरीको खोजी गरिदिन इलाका प्रहरी कार्यालय लालबन्दी उजुरी दिएका थिए । घटनाबारे उजुरी दिएको दुई दिनपछि प्रहरीले घटना संलग्न भएको आशङ्कामा गाउँका दुई युवालाई पक्राउ गरी बयान लिएपछि ह’त्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया