स्वास्थ्य मापदण्ड पूर्ण पालना नगरे फेरि कडा निषेधाज्ञा हुनसक्ने चेतावनी

admin

काठमाडौं, ८ भाद्र : जनस्वास्थ्यका मापदण्ड पूर्णपालनामा हेलचेक्र्याँइ गरे फेरि कडा लकडाउन हुने सरकारले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना संक्रमण दर केही घटे पनि अझै स्थिर रहेको बेला निषेधाज्ञा खुकुलो पारिएसंँगै स्वास्थ्य मापदण्डको बेवास्ता गरेर चाडपर्वको बहानामा विभिन्न ठाउँमा भीडभाड बढेको छ।

भीडभाडले फेरि संक्रमण बढाउने हुँदा नियन्त्रणका लागि कडा निषेधाज्ञा लगाउनु पर्ने अवस्थामा पुर्‍याउने भएकाले सबैले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न मन्त्रालयले सबैसँग अनुरोध गरेको छ।

प्रतिक्रिया