काभ्रे फेस्ट -सिजन २को अडिसन सम्पन्न

admin

काठमाडौं, ८ भाद्र : एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट -सिजन २” को अडिसन सम्पन्न गरेकाछन।

बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपामा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबारको दिन बनेपा पार्टी भेन्यु र रेस्टुरेन्टमा कोरोनासंग स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ।

उक्त अडिसन मा सहभागीहरुको बाक्लो उपस्थिति रहेतापनि महिला तर्फबाट २०जना र पुरुष तर्फबाट ६ जना गरि छनौट गरिएको छ। यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु.१००० राखिएको थियो भने हालको पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका आयोजक नितिन कायस्तले जानकारी दिनु भयो।

उक्त कार्यक्रमलाइ राष्ट्रिय मोडेलिङ्ग संघ काभ्र ,यूरेका लियो क्लब बनेपा ,यूरेका लियो क्लब काठमाडौँ ,सौन्दर्य कलाकर्मी संघ -काभ्रे र नया युवा नया सोच काभ्रे संघले सहयोग गरिरहेका छन्। कोभिद -१९ स्वास्थ्य सम्बन्धि सम्पूर्ण सामग्रीहरु भूमि अस्पताल -बनेपाले उपलब्ध गराएका थिए।

छनौटमा परेका सम्पूर्ण युवा -युवतीहरुलाइ यहि आउदो बुधबार देखि प्रसिक्षण प्रदान गरीनेछ।जहाँ हामी मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट -सिजन २” एउटा सुनौलो अवसर रहेको छ। काभ्रे फेस्ट,युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो,जहा बिबाहित -अबिबाहित ,महिला -पुरुष दुवैले सहभागिता जनाउन पाएका छन् ।

प्रतिक्रिया