आज तीन सयले घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ९ भाद्र : बुधबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । तोलामा मंगलबार ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार ९१ हजार ३ सय रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घटेर बुधबार ९० हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बुधबार बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय १० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया