लगातार दोस्रो दिन पनि शेयर बजार राताम्मे

admin

काठमाडौं, ९ भाद्र : लगातार दोस्रो दिन पनि शेयर बजार घटेर राताम्मे भएको छ । मंगलबार ५६ अङ्कले घटेको नेप्से (आज) बुधबार ४८ दशमलव ४२ अङ्कले घटेर तीन हजार ७६ दशमलव ४४ विन्दुमा झरेको छ । सबै समूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ समूहको शेयर साढे २९ अङ्कले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अङ्कले घटेको छ । यस्तै फाइनान्सको २१, माइक्रोफाइनान्सको ५७, जीवन बीमा समूहको तीन सय ५४, निर्जीवन बीमा समूहको चार सय २२ अङ्कले, उत्पादनको एक सय ६२ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

बुधबार सबैभन्दा धेरै खानीखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि जीवन विकास लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । दुई सय २७ कम्पनीका एक करोड ९५ लाख ९९ हजार कित्ता शेयर १२ अर्ब नौ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली हाइड्रोपावरको ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया