थप ४४ जनाको ज्यान गएसँगै दुई हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ९ भाद्र : नेपालमा कोरोना संक्रमणका कारण थप ४४ जनाको ज्यान गएको छ । बुधबार थपिएका ४४ जनासहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घन्टामा थप दुई हजार चार सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ९० जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव २३ प्रतिशतमा संक्रमण देखिएको छ ।

बुधबार थपिएकासहित नेपालमा अहिलेसम्म आठ लाख ३४ हजार चार सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यही अवधिमा थप एक हजार सात सय ८१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख तीन हजार नौ सय ६४ पुगेको छ । अहिले नेपालमा ३८ हजार दुई सय ८७ जना सक्रिय संक्रमित रहेकामा ६ सय १० जनाको आईसीयू र एक सय ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया