सिन्धुपाल्चोक दुर्घटना अपडेट : २ को मृत्यु, घाइतेको संख्या ४१ पुग्यो

admin

सुकुटे, ९ भाद्र :  सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–३ कालीकाको छाप भन्ने ठाउँमा भएको बस दु र्घटनामा २ जनाको मृ त्यु भएको छ भने घा इतेको संख्या ४१ पुगेको छ। गाडीमा च्यापिएको अवस्थामा उद्धार गरिएका २ जना पुरुषको मृ त्यु भएको हो।

मृ त्यु हुनेमा ललितपुर ठूलोदुर्लुङका करिब ४५ वर्षीय राजन बराम र अन्दाजी २२ वर्षीय युवकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्र हरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवम् प्र हरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

घा इतेमध्ये १८ जनाको सिन्धु सदावहार अस्पताल खाडीचौरमा, १ जनाको मध्यपुर अस्पताल भक्तपुरमा र २२ जनाको धुलीखेल अस्पताल काभ्रेपलाञ्चोकमा उपचार भइरहेको छ। सबै घाइते खतरामुक्त रहेको बस्नेतले बताए। गाडीमा च्यापिएको अवस्थामा उद्धार गरिएका दुई जनाको मृत्यु उपचारका लागि धुलिखेल अस्पताल पुर्‍यापछि भएको हो।

लिसंखुपाखर गाँउपालिकाको बाफलबाट काठमाडौंका लागि छुटेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस बुधबार बिहान करिब साढे ११ बजे दु र्घटना भएको हो। बस ढलान गरिएको सडकको घुम्तीबाट करिब ३० मिटर तल खसेको थियो।

प्रतिक्रिया