काठमाडौं, ९ भाद्र : नेकपा एमालेबाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।
आयोगले बुधबार नेकपा (एकीकृत समाजवादी) लाई दलको रुपमा दर्ता प्रमाणपत्र उपलब्ध गराएको हो । सचिव सुरेश अधिकारीको हस्ताक्षर रहेको दर्ता प्रमाणपत्र १६६ दर्ता नम्बर सहित बुधबार राति सार्वजनिक भएको हो। नेता नेपालसहित समाजवादीका अरु नेताहरुले समेत दर्ता प्रमाणपत्रको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)मा तत्कालिन एमालेका वरिष्ठ नेता झलनाथ खनाल, प्रदीप नेपाल सहित राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री सहित एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसद छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले आआफ्नै नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका हुन् ।