६० वर्षमाथिका नागरिकलाई गफगाफ गर्न दिवा सेवा

admin

दाङ, १० भाद्र :  ६० वर्षमाथिका नागरिकलाई लक्ष्य गरेर दिवा सेवा सञ्चालन गरिएको छ। राप्ती गाउँपालिकाले वडा नम्बर ३ मसुरिया र वडा नम्बर ५ सिसहनियामा ६० वर्षमाथिका नागरिकलाई एकै ठाउँ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरञ्जन गर्ने उद्देश्यले दिवा सेवा सुरु भएको हो।

दिवा सेवामा ज्येष्ठ नागरिकलााई अध्ययन गर्न पुस्तक, मनोरञ्जनका लागि बाद्यवादन र खाजाको व्यवस्था गरिएको महिला विकास निरीक्षक जीवन जिसीले बताइन्।

बुधबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले दिवा सेवाको उद्घाटन गर्दै ज्येष्ठ नागरिकलाई मनोरञ्जन गर्ने, केही सिक्ने र धेरै सिकाउने तथा जीवनलाई दैनिक सुखमय बनाउन दिवा सेवाले सहयोग पुर्‍याउने बताए। ज्येष्ठ नागरिकको उचित स्याहार गर्ने छोरा, छोरी–बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित सम्मान गर्दै आएको छ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको दिवा सेवाको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडाध्यक्ष चन्दर चौधरी, गोवर्धन रावत, वेदप्रसाद चौधरीले ज्येष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा प्रभावकारी बन्ने बताएका छन्।

राप्ती गाउँपालिका महिला बालबालिका, अपांग तथा ज्येष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका ज्येष्ठ नागरिकलाई पायक पर्ने गरी मसुरिया र सिसहनियामा दिवा सेवा सुरु गरिएको छ। यो सेवा नियमित सञ्चालन हुने सहायक महिला विकास निरीक्षक कल्पना खनालले जानकारी दिइन्।

प्रतिक्रिया