काठमाडौं, १० भाद्र : नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफुले सहजै रुपमा विजय हासिल गर्ने बताउनु भएको छ ।
बुधवार राष्ट्रिय युवा संघ नेपाल मध्यपुर थिमी नगर कमिटीको पूर्ण बैठक तथा मध्यपुरबाट जिल्ला कमिटीमा मनोनीत हुनुभएका सम्पूर्ण नेताहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो ।
एमाले भित्रको आन्तरिक विवाद भएकाले भक्तपुरमा आगामी निर्वाचनमा कांग्रेसले विजय हासिल गर्नै कल्पना गरिरहेको उल्लेख गर्दै नेता बस्नेतले एमालेको विवाद एक चुड्कीको भरमा मिल्ने दावी गर्नुभयो । एमालेको विवादबाट टाउको उठाउने सपना नदेख्न समेत उहाँले कांग्रेसलाई चेतावनी दिनुभयो ।