आज दुई सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १० भाद्र : बिहीबार सुनको मूल्य सामान्य घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुनको मूल्य बिहीबार ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ थियो । यसैगरी बिहीबार चाँदीको मूल्य भने स्थिर छ । बुधबार जस्तै चाँदी बिहीबार तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया