आज शेयर बजार साढे १७ अङ्कले बढ्यो

admin

काठमाडौं, १० भाद्र : दुई दिन लगातार उच्च अङ्कले घटेको शेयर बजार बिहीबार भने बढेको छ । नेप्से १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा पुगेको छ । बिहीबार जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले बढेको छ ।

बैंक, व्यापार, बीमा, अन्य र लगानी समूहको शेयर भने घटेको छ । बिहीबार कर्पोरेट र नारायणी विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दुई सय ३२ कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १३ अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ९३ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया