थप दुई हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि, २६ जनाको ज्यान गयो

admin

काठमाडौं, १० भाद्र : बिहीबार दुई हजार चार सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार तीन सय ७४ जनामो नमुना परीक्षण गर्दा दुई हजार चार सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव ९२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएका सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ३६ हजार आठ सय ८३ पुगेको छ । यस्तै २४ घण्टामा एक हजार नौ सय २९ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या सात लाख पाँच हजार आठ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ । अहिले नेपालमा ३८ हजार तीन सय ८४ जना सक्रिय संक्रमित रहेकामा ६ सय २० जनाको आईसीयू र एक सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया