काबुल हमलामा ६० जनाको मृत्यु, सबै उडान बन्द

admin

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

बिहीबार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बिबिसीले उल्लेख गरेअनुसार विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको पनि मृ त्यु भएको छ । घ टनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आइएसआईएसको खुरासनले हमला गरेको दाबी गरेको छ ।

प्रतिक्रिया