अफगानीलाई मार्न बन्द गर : क्रिकेटर राशिद खान

admin

काठमाडौं, ११ भाद्र  : अफगानिस्तानका स्टार क्रिकेटर राशिद खानले सामाजिक सञ्जालमा एक मार्मिक अपिल गरेका छन् । उनले रक्तपात रोक्न माग गर्दै अफगान नागरिकलाई नमार्न अपिल गरेका छन् । बेलायतमा टी-२० खेलिरहेका राशिद खानका परिवार अहिले अफगानिस्तानमा छन् ।

सामाजिक सञ्जालमा राशिद खानले लेखेका छन्, ‘काबुलमा फेरि रगत बगिरहेको छ अफगानीलाई मार्न बन्द गर ।’ यस्नै अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको छ । तालिबानसँग सहमति गरेअनुसार अमेरिकाले उद्धार कार्य यही अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ ।

अफगानिस्तानको अवस्था झन् बिग्रिँदै गएको छ । (हिजो) बिहीबार राति काबुल विमानस्थलबाहिर भएको विस्फोटमा १३ अमेरिकी सैनिकसहित कम्तीमा ९० जनाको ज्यान गइसकेको छ । विस्फोटमा घाइते हुनेको संख्या एक सय ५० नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार इस्लामिक स्टेटले आ’त्मघाती आ’क्रमणकारीले ‘अमेरिकी सेनाका सहयोगी र अनुवादकहरू’ लाई निसाना बनाएको बताएको छ ।

प्रतिक्रिया