आज कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने धेरै, थप २५ जनाको ज्यान गयो

admin

काठमाडौं, ११ भाद्र : शुक्रबार कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढी भएको छ । यसअघि गएको शनिबार र आइतबार पनि संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढी थियो । बितेको २४ घण्टामा दुई हजार तीन सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या सात लाख आठ हजार दुई सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा दुई हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय १७ जनाको नमुना परीक्षण गर्दा दुई हजार ६५ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ३८ हजार नौ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १५ दशमलव ७४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

यही अवधिमा कोरोना संक्रमणका कारण थप २५ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ६३ पुगेको छ । अहिले नेपालमा ३७ हजार पाँच सय ९९ सक्रिय संक्रमित रहेकामा ६ सय ६२ जनाको आईसीयू र एक सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया