लगातारको झरी आजदेखि केही कम हुने

admin

काठमाडौं, १२ भाद्र : आजदेखि मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् । केही दिनयता परेको लगातारको झरी आजदेखि केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

पानी पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने उहाँले बताउनुभयो । हिजोअस्तिको तुलनामा मौसममा केही सुधार हुने भए पनि आज वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना छ।

यस्तै बाँकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशभरको मौसम पूर्णदेखि सामान्य बद्ली रही प्रदेश-१ वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।

लगातार लामो समय जमिन भिजेको हुनाले भिरालो ठाउँमा पहिरो, बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पनि धेरै ठाउँमा पानी परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू