Home

स्यानिटाइजर पिउँदा कैलालीमा एकजनाको मृत्यु

admin

काठमाडौं, १२ भाद्र : धनगढी धनगढी उपमहानगरपालिका-१२ डी गाउँका टीकाराम बराइलीको स्यानिटाइजर पिउँदा मृ त्यु भएको छ। जिल्ला प्र हरी कार्यालय कैलालीका प्र हरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार बराइलीले भदौ ९ गते स्यानिटाइजर पिएका थिए। उनको उपचारको शुक्रबार मृ त्यु भएको हो।

फाइल तस्बिर

‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारका लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो।

घरमा पुगेपछि स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि निसर्ग अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा मृ त्यु भएको हो।’ स्यानिटाइजर के कारणलेसेवन गरे भन्नेबारे खुलेको छैन।

प्रतिक्रिया