थपिए १८ सय ५७ संक्रमित, २२ सय २२ जना निको भए

admin

काठमाडौं, १२ भाद्र : पछिल्लो २४ घन्टामा देशभर १ हजार ८ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९ हजार ४ सय ९ जनाको पिसिआर र ३ हजार ७ सय ६७ एन्टिजेन गरी १३ हजार १ सय ७६ जनाको परीक्षण गर्दा १ हजार ८ सय ५७ जना संक्रमित भेटिएका हुन्।

यो अवधिमा २७ जना कोरोना संक्रमितको ज्यान गएको छ। देशभर कुल १० हजार ६ सय ९० जनाको ज्यान गइसकेको छ।हाल देशभर ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेका छन्।

शनिबार २ हजार २ सय २२ जनाले कोरोनालाई जितेका छन्। हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९३ दशमलव ७ प्रतिशत रहेको छ।

प्रतिक्रिया