स्वीट्जरल्यान्ड : घाइते गाईलाई हेलिकप्टरबाट उद्धार

admin

एजेन्सी, १३ भाद्र : स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो ।

घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको हो । हेलिकप्टरको डोरीमा बाँधेर ल्याइएका गाईलाई जमिनमा झार्न केही किसानहरू उपस्थित थिए । हिमाली मैदानमा चर्न गएका झण्डै १ हजार गाई हिँडेरै तल झर्दैछन् । ती गाईहरूलाई केही दिनपछि हुने काउ परेडमा सहभागी गराइनेछ ।

प्रतिक्रिया