डा. विनोद सिंहमाथि भएको दुर्व्यवहार विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

admin

दाङ, १३ भाद्र : राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहमाथि भएको दुर्व्यवहारको विरोधमा राप्ती अस्पतालका स्वास्थ्यकर्मीहरु आईसीयू सेवा, डायलासिस सेवा, प्रसूति सेवा र इमर्जेन्सी सेवा बाहेकका सेवा ठप्प पारेर आइतबार आन्दोलित भएका हुन् ।

स्वास्थ्यकर्मी माथि हुने दुर्व्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सिर्जना गरलगायतका नारा लगाउँदै उनीहरुले तुलसीपुर बजार परिक्रमा गरेका थिए । टाइफाइडका बिरामीको कल्चरको उपचार सेवा नभएको आरोपमा एमाले भातृ सङ्गठन अनेरास्ववियुका दाङ जिल्ला संयोजक सर्जन परियारको नेतृत्वको एक समूहले सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गरेको थियो ।

दोषीलाई कारवाही नहुँदासम्म काममा नर्फकने मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले बताएका छन् । नेकपा एमाले दाङले पनि घटनामा संलग्न रहेका स्ववियु दाङका संयोजक परियार र दिवस क्षेत्री पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले घटनामा संलग्न युवाहरुको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया