काठमाडौं, १३ भाद्र : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो ।
यसैगरी बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पार्टीले यही भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो ।