काठमाडौं, १३ भाद्र : काठमाडौंबाट प्र हरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा धादिङको बेत्रावती गाउँपालिका–४ घर भएका गोकुल तामाङ र धनकुटाको खाल्सा सहिदभूमि गाउँपालिका–५ घर भएका राजकुमार राई छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ७५ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । ब्यूरोको टोलीले भदौ ८ मा टोखा नगरपालिका–१० बाट ३६ वर्षीय गोकुल तामाङलाई ४.५ ग्राम खैरो हेरोइनसहित प क्राउ गरेको थियो ।
गोकुलको बयानका आधारमा धनकुटाका ३० वर्षीय राजकुमार राईलाई ब्यूरोको टोलीले बुढानिलकण्ठबाट प क्राउ गरेको हो । राईको डेरामा थप ७० दशमलव ५ ग्राम खैरो हेरोइन फेला परेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले बताए ।