थप दुई हजार दुई सय ९५ जनामा संक्रमण पुष्टि, १६ जनाको ज्यान गयो

admin

काठमाडौं, १४ भाद्र : सोमबार दुई हजार दुई सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार दुई सय ३३ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १४ दशमलव १३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ४४ हजार चार सय ८८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार आठ सय आठ जना संक्रमित निको भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या सात लाख १४ हजार पाँच सय २० पुगेको छ ।

यही अवधिमा थप १६ जनासहित कोरोना संक्रमणबाट अहिलेसम्म १० हजार सात सय ३० जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा ३५ हजार आठ सय ७४ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये पाँच सय ६८ जनाको आईसीयू र एक सय ६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया