एमाले अध्यक्षका लागि योग्य छु, देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भरपर्छ : ईश्वर पोखरेल

admin

काठमाडौं, १४ भाद्र : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको जनाउँदै उम्मेदवार हुने-नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने बताएका छन् । सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताएका हुन् ।

आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए । नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ । महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि बताए ।

उनले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिँदै यो धेरै नटिक्ने जिकिर गरेका छन् । ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसाबले अगाडि जान्छौं’ उनले भने । महासचिव पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको बताए ।

प्रतिक्रिया