उपचार गरेर स्वदेश फर्किए झलनाथ खनाल, ‘मेरो ठाउँबाट कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन’

admin

काठमाडौं, १४ भाद्र : नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल उपचार गरेर स्वदेश फर्किएका छन् । भारतमा झण्डै अढाई महिना उपचार गरेर खनाल सोमबार स्वदेश फर्किएका हुन् । उनी मिर्गौला प्रत्यारोपण गराएर स्वदेश फर्किएका हुन् ।

भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए । विमानस्थलमा खनालले उभिएर ‘क्रान्तिकारी अभिवादन’ समेत गरेका थिए । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरु पुगेका थिए ।

यस्तै उपचार गरेर स्वदेश फर्किएका वरिष्ठ खनालले विमानस्थमाल आयोजित पत्रकार सम्मेलनमा आफू अब कार्यकारी पोष्टमा नरहने घोषणा गरेका छन् । उनले अब पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका हुन् । तर, पार्टीले दिने जिम्मेवारी भने आफूले निर्वाह गर्ने उनको भनाई छ ।

त्यस्तै, नेता खनालले पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने पनि बताए । सम्बोधनको त्रममा उनले भने, ‘म उमेरले ७० वर्ष कटिसकेँ । मैले पार्टीमा कार्यकारी जिम्मेवारीको आशा लिएको छैन । पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि ठाउँ राखेको छु । तर, मेरो आफ्नो ठाउँबाट भने कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन ।’

प्रतिक्रिया