वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाद्वारा खोप नपाएको भन्दै विरोध प्रदर्शन

admin

काठमाडौं, १५ भाद्र : वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध गरेका छन् । उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिन पनि माग गरेका छन् । अस्पतालले खोपका लागि टोकन दिए पनि खोप नपाए पछि टोकनसहित युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले केही दिनयता खोपको लागि धाइरहँदा पनि खोप नपाएको गुनासो गरेका छन् । रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरे पनि सरकारले कामका लागि विदेश जानेहरुका लागि बेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया