रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

admin

काठमाडौं, १५ भाद्र : इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको बताएको छ । त्यसपछि पनि सम्झौता अवधि लम्ब्याउन सकिने युनाइटेडले जनाएको छ ।

३६ वर्षीय स्ट्राइकर रोनाल्डोलाई युनाइटेडले १५ मिलियन युरो तिरेको छ, यसमा थप आठ मिलियन युरो थपिन सक्ने पनि बताइएको छ । पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोले अहिलेसम्म ३० भन्दा धेरै मुख्य ट्रफी जितेका छन् । तीन छुट्टा छुट्टै देशमा लिग जित्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी हुन् ।

यसअघि म्यानचेस्टरमा रहँदा रोनाल्डोले दुई सय ९२ खेलमा एक सय १८ गोल गरेका थिए । म्यानचेस्टर युनाइटेड सधैँ मेरो हृदयको विशेष स्थानमा रहने क्लब हो । ओल्ट ट्राफोर्ड स्टेडियममा समर्थकहरू उभिनका लागि म कुर्न सक्दिन । आशा गर्छु हाम्रा लागि यो सिजन सफल हुनेछ’, रोनाल्डोले भनेका छन् । इटली क्लब युभेन्टससँग सम्झौता बाँकी नै रहे पनि रोनाल्डोले क्लब छाडेका हुन् ।

प्रतिक्रिया