आज संक्रमण पुष्टि हुने भन्दा निको हुने धेरै, थप २० जनाको ज्यान गयो

admin

काठमाडौं, १५ भाद्र : मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढी भएको छ । यसअघि गएको शुक्रबार, शनिबार र आइतबार पनि थपिने भन्दा संक्रमण निको हुनेको संख्या धेरै थियो । बितेको २४ घण्टामा एक हजार सात सय ८६ जना निको भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख १६ हजार तीन सय ६ पुगेको छ । यस्तै थप एक हजार ६ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन गरी १२ हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा १६ सय ६४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६१ प्रतिशतमा संक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा आठ लाख ४६ हजार एक सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै यही अवधिमा थप २० जनाको कोरोना संक्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार सात सय ५० पुगेको छ ।

प्रतिक्रिया