प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सावधानी अपनाउन आग्रह

admin

काठमाडौं, १६ भाद्र : मौसमविद्ले अबको केही दिन पानी कम पर्ने बताएका छन् । अघिल्लो हप्ता सक्रिय भएको मनसुनी गतिविधि अहिले केही कमजोर बनेको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ सरिसकेकाले तत्काल लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार बुधबार दिउँसो केही ठाउँमा सामान्य पानी पर्ने सम्भवना छ । तर, देशका धेरै ठाउँमा घाम लाग्ने छ । राति भने प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ । अबको तीन दिन लगातार झरी नपरे पनि त्यसपछि भने फेरि मनसुन सक्रिय हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया