आज कारोबार रकम नौ अर्ब ३५ करोड रुपैयाँमा सीमित

admin

काठमाडौं, १६ भाद्र : (हिजो) मंगलबार ६९ अङ्कले घटेको शेयर बजार बुधबार भने सामान्य बढेको छ । नेप्से बुधबार एक दशमलव १४ अङ्कले बढेर दुई हजार नौ सय ७६ दशमलव ९८ विन्दुमा पुगेको छ ।  बैंकिङ समूहको शेयर आठ अङ्कले बढेको छ ।

यस्तै होटलको एक सय ३० र जीवन बीमा समूहको शेयर ७४ अङ्कले बढेको छ । बुधबार फाइनान्स समूहको शेयर ९० अङ्कले घटेको छ । यस्तै विकास बैंकको ४०, जलविद्युतको २०, माइक्रोफाइनान्सको ६, उत्पादनको साढे दुई र अन्य समूहको शेयर साढे एक अङ्कले घटेको छ ।

सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको शेयर झण्डै आठ प्रतिशतले घटेको छ । बुधबार दुई सय २६ कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया